होटल व्यवसायी संघ डोटीको अध्यक्षमा खड्का

डोटी: होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लोक बहादुर खड्का निर्वाचित भएका छन् ।

संघको १५ औं साधारण सभा एवं पाँचौं जिल्ला अधिवेशनबाट खड्का सर्वसम्मत निर्वाचित भएका हुन् । खड्काको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरिएको हो । संगको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर मन्नी, उपाध्यक्षमा रामबाबु यादव र महासचिवमा हरिश कुँवर निर्वाचित भएका छन् ।

Dengue

त्यस्तै सचिवमा नरेश बोगटी, कोषाध्यक्षमा पूजा रावल, सह कोषाध्यक्षमा हर्क बहादुर बोगटी चयन भएका छन् ।

सदस्यहरुमा मान बहादुर धामी, दीपेन्द्र केसी, बोझ बहादुर बोगटी , नन्दन कार्की, गणेश बोहरा, जनक खड्का र पुष्पा श्रेष्ठ चयन भएका छन् ।

जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले व्यवसायिहरुको हित र व्यवसायिक विकासका लागि व्यवसायिक एकता आबस्यक रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार