आइपिएल ओरेन्ज क्याप दौडमा पाँच खेलाडी, शीर्षमा अय्यर

भारतमा अहिले सर्वाधिक लोकप्रिय लिग क्रिकेट आइपिएल जारी छ । लिगको २३ म्याचको समाप्तिमा कडा प्रतिस्पर्धात्मक खेल देख्न पाइएको छ । ब्याटरले चौकारछक्काको वर्षा गरिरहँदा बलरले पनि आफ्नो क्षमता देखाइरहेका छन् ।

आइपिएलमा सर्वाधिक रन बनाउने ब्याटरले ओरेन्ज क्याप र सर्वाधिक विकेट लिने बलरले पर्पल क्याप अवार्ड प्राप्त गर्ने गर्छन् । लिगको २३ खेल सकिँदा ओरेन्ज क्याप दौड अर्थात् सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा वैंकटेश अय्यर शीर्ष स्थानमा उक्लिएका छन् ।

Dengue

आइतबार मुम्बई इण्डियन्सविरुद्ध १०४ रनको पारी खेलेसँगै उनी शीर्ष स्थानमा उक्लिएका हुन् । कोलकाता नाइट राइडर्सबाट लिग खेलिरहेका अय्यरले ५ खेलमा एक शतक र एक अर्धशतकको मद्दतमा २३४ रन बनाएका छन् ।

उनले जारी सिजनमा १७०/८० को सानदार स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । अय्यर सर्वाधिक छक्का (१५) हिर्काउने मामलामा पनि शीर्ष स्थानमा छन् ।

त्यस्तै, सर्वाधिक रन बनाउने मामलामा पञ्जाब किंग्सका कप्तान शिखर धवन दोस्रो स्थानमा छन् । ४ खेल खेलेका उनले २ अर्धशतकको मद्दतमा २३३ रन बनाएका छन् । जारी संस्करणमा धवनको उच्च स्कोर अविजित ९९ रन हो ।

यो सूचीको तेस्रो स्थानमा गुजरात टाइटन्सका ओपनर शुभमन गिल रहेका छन् । उनले ५ खेलमा २ अर्धशतकको सहयोगमा २२८ रन बनाएका छन् । ओरेन्ज क्याप दौडको चौथो स्थानमा दिल्ली क्यापिटल्सका कप्तान डेविड वार्नर रहेका छन् । उनले ५ खेलमा ३ अर्धशतकसहित २२८ रन नै बनाएका छन् ।

यो सूचीको पाँचौँ स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोरका ओपनिङ ब्याटर विराट कोहली रहेका छन् । उनले ४ खेलमा ३ अर्धशतकको मद्दतमा २१४ रन बनाएका छन् । कोहलीलाई सोमबार चेन्नई सुपर किंग्सविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ओरेन्ज क्याप दौडमा माथि उक्लिने मौका छ ।

आइपिएल इतिहासमा शन मार्श, म्याथ्यू हेडन, सचिन तेन्दुलकर, क्रिस गेल, माइकल हसी, रोबिन उथप्पा, डेविड वार्नर, विराट कोहली, केन विलियम्सन, केएल राहुल, ऋतुराज गायकवाड र जोस बटलरले ओरेन्ज क्याप जितेका छन् । अहिलेसम्म आइपिएलमा वार्नरले सर्वाधिक तीनपटक ओरेन्ज क्याप जितेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार