कैलालीबाट बुधवार १५ जना जुवाडे पक्राउ

धनगढी । कैलालीबाट बुधवार १५ जना जुवाडे पक्राउ परेक छन् । जिल्लाको टिकापुर नगरपालिका –१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१हजार ६९५ रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टिकापुर नपा –१४ बस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ बस्ने वर्ष ५६ का उदय राब ढुङ्गाना–५ दौलतपुरका वर्ष ५३ का सूर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का विक्रम बहादुर खड्का र सोही वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन्।

SHIKHAR COOL TECH

त्यस्तै सोही ठाउँकै वडा–१ का वर्ष ६८ का दिल प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १ लाख १४हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

टिकापुर नगरपालिका–१ बस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल,वर्ष ४९ को देब बहादुर रावल,वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका राजु हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही,५० वर्षका दल बहादुर साउँद, ५८ वर्षका हिरालाल कोइराला र ६३ वर्षका लोक बहादुर साउँद रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार