नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्वाहाम्फेको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्वाहाम्फेको निधन भएको छ । विसं २०१५ को आम निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट निर्वाचित तुम्वाहाम्फेको शुक्रबार निधन भएको हो ।

पार्टीको सातौँ महाधिवेशनपश्चात् जननायक वीपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य तुम्वाहाम्फेले नेपाली कांग्रेसको सङ्गठन निर्माण तथा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार शोक विज्ञप्ति जारी गरी तुम्वाहाम्फेको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको बताएका छन् ।

Dengue

तुम्वाहाम्फेको निधनप्रति कांग्रेसले चैत २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र चैत २६ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गरिने बताएको छ । स्वर्गारोहणको १३औँ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्लामा शोक पुस्तिका राख्नुका साथै १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने मुख्यसचिव पौडेलले बताएका छन् ।

तुम्वाहाम्फेको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्व. तुम्वाहाम्फेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चिरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार