सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रको निर्देशन

काठमाडौं – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले संसदीय दललाई निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए । ‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो, यो गठबन्धन टुट्नु हुँदैन, त्यसैले विश्वासको मत दिनू भनेर केन्द्रबाट निर्देशन आएको छ,’ भट्टले भने । उनले भागबण्डा पनि केन्द्रबाटै टुंगिएको बताउँदै अब संसदीय दलको बैठकपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

Dengue

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने सहमति शीर्ष तहमा जुटिसकेको बताएका छन् ।सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार