दार्चुला १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड : महाकाली नगरपालिकाले उचाल्यो उपाधी

काठमाडौँ – दार्चुलामा सम्पन्न भएको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी महाकाली नगरपालिकाले उचालेको छ ।

जिल्ला सदरमुकाम समेत रहेको महाकाली नगरपालिकामा सम्पन्न भएको खेलमा २१ स्वर्ण, ११ रजत र १० कास्यसहित ४२ पदक हात पारेको महाकालीले यस पटकको उपाधी उचालेको हो । यस्तै प्रतियोगितामा ६ स्वर्ण ,६ रजत र ३ कास्य गरी १५ पदक जित्न सफल मालिकार्जुन गाउँपालिका दोस्रो भएको छ । भने ३ स्वर्ण, ९ रजत, २ कास्य गरी १४ पदक मार्मा गाउँपालिका तेस्रो भएको छ । २ स्वण, ४ रजत र २ कास्य गरी ८ पदक प्राप्त गरेको शैल्यशिखर नगरपालिका भने चौथो स्थानमा समेटिएको छ ।

SHIKHAR COOL TECH

प्रतियोगितामा लेकम गाउँपालिकाले ११, दुहुँ गाउँपालिकाले ५,व्याँस गाउँपालिकाले ४, नौगाड गाउँपालिकाले १८ र अपिहमिाल गाउँपालिकाले ४ पदक हात पारेको छ । खेलहरूमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी र पालिकाहरूलाई मेडल, प्रमाणपत्र र सिल्ड प्रदान गरेर सम्मानित गरिएको छ ।

प्रतियोगितामा जिल्लाका ९ ओटै स्थानीय तहका टीमहरुको सहभागिता रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानसिंह बुढाथोकीको अध्यक्षतामा आयोजित समापन समारोहमा जिल्ला समन्वय समिति प्रमुख महादेब बडू, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी,लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स र छात्रछात्रा कबड्डी, दौड लगायतका खेलहरु सञ्चालन गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार