मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुने बताउनुभएको छ। बिहीबार काठमाडौंमा आयोजित आठ दलको प्रशिक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो।

विश्वासको मत कहिले लिनुहुन्छ भनेर सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, “विश्वासको मत अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पछाडि। मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैदेखि सुरु हुन्छ।” नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नोट गर्नुहोला, मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छ।’’

Galaxy

अहिलेको गठबन्धनको आयु पाँच वर्ष रहने उहाँको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार