राष्ट्रपति निर्वाचनबारे आठ दलले सांसदहरुलाई प्रशिक्षण दिँदै

काठमाडौं – सत्ता गठबन्धनभित्र रहेका आठ दलले बिहीबार राष्ट्रपति निर्वाचन सम्बन्धमा सांसदहरुलाई प्रशिक्षण दिने भएका छन् ।

नेपाली कांग्रेसको आयोजनामा राजधानीको तीनकुनेमा बिहीबार दिउँसो १ बजे गठबन्धन दलहरुका राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको पक्षमा समर्थन जुटाउन प्रशिक्षण दिने बताइएको छ ।

Dengue

प्रशिक्षणमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । साथै ८ दलले शुक्रबार सात वटै प्रदेशमा प्रदेश सभा सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार