काठमाडौँ – चिनियाँ राजदूत चेन सोङ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भइरहेको बेला चिनियाँ राजदूत सोङ बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्ड र सोङबीच छलफल जारी छ। राष्ट्रपति चयनलाई लिएर नेपालको राजनीति तरङ्गित भइरहेको बेला राजदूत सोङको बालुवाटार यात्रालाई अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्