प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । डा. सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रुपमा परिचित छन् । सापकोटालाई फागुन १ गतेदेखि नै परराष्ट्र सल्लाहकारमा नियुक्त गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । दाहाल प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै सापकोटाले काम गरिरहेका थिए । सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउदै आएका छन् । उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्। सापकोटा पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार