पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

काठमाडौं – पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका ६ छोरा र एक छोरी छन् ।

Dengue

उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार