एसईईको प्रश्नपत्र छपाइ शुरू

काठमाडौँ – यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो। त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो ।

नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाई भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिए । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन्। भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्। यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभगी हुनेछन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार