बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही होस् : काँग्रेस

काठमाडौं – नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्ने कांग्रेस नेताहरुले उक्त माग गरेका हुन् । विशेष समायमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? भन्दै प्रश्न गरे । उनले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।

उनले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने बताए । ‘मजदुरको नाममा को त्यहाँ प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेको छ ?’ उनले भने, ‘मजदुरको जायज माग सम्बोधन गर्नुपर्छ ।’ मजदुरको नाममा शक्तिको आडमा अनियमितता भइरहेको छ कि भनेर ध्यान दिनुपर्ने उनको भनाइ छ ।

शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बसपार्क क्षेत्रको घटना सुनियोजित र प्रायोजित भएको जिकीर गरे । पीडितसँग सरकारले अहिलेसम्म छलफल पनि नगरेको बरु उल्टै पक्राउ गरेको सुन्नमा आएको उनले बताए । उनले घटनाका दोषीलाई कारबाहीको माग गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार