काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमालेकै उम्मेदवार सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताउनुभएको हो ।
उहाँले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताउनभयो ।
प्रतिक्रिया दिनुहोस्