रास्वपालाई पुनः सरकारमा आउन उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह

काठमाडौं – सत्तासाझेदार दलहरु सम्मिलित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा आउन आग्रह गरिएको छ । बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा रास्वपालाई सरकारमा ल्याउने बारेमा छलफल भएको हो ।

सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ । बैठकमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रम, सुदूरपश्चिम सरकार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

Dengue

दुई महिना नपुग्दै रास्वपा बाहिरिनु, राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिनुजस्ता विषयमा गठबन्धनमा खटपट देखिएको छ । बिहीबार मात्रै नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता भने उपस्थित भएनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार