सुदूरपश्चिममा कसरी बन्छ नयाँ सरकार ?

काठमाडौँ – प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि अब उपधारा ३ अनुसार सरकार बन्ने भएको छ।

सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रक्रिया सुरू गर्ने बताए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। कांग्रेस संसदीय दलका नेता कमल शाहले अब आफूले मुख्यमन्त्रीमा दाबी गर्ने बताए। स्रोतका अनुसार शाहले आजै मुख्यमन्त्रीमा दाबी गर्ने सम्भावना छ। संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार