सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले पाएनन् विश्वासको मत, आजैबाट पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत प्राप्त गर्न सकेनन् । विहिबार बसेको दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन तथा दोस्रो बैठकमा मुख्यमन्त्री रावलले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो । यो सँगै उहाँ आजैबाट मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् ।

मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने घोषणा गरि प्रदेश सभा बैठकमा अनुपस्थित भएको थियो । यसैगरी नेकपा एमालले बाहेक अन्य पार्टीले विश्वासको मत नदिएसँगै मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।
यसैगरी प्रदेश सभाको अर्काे बैठक अर्काे सूचना जारी नहुन्जेल सम्मका लागि स्थगित भएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार