ओलीलाई भेट्न बालकोटमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली निवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज बिहान समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे कुराकानी भएको छ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता र कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि ती मन्त्रालय खाली छन्। प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने बताइरहेका छन् भने सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेले पाउने सहमति भएको एमालेको दाबी रहँदै आएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार