सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने

काठमाडौँ  – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानवाट पछि हटेको मुख्यमन्त्री रावलले जानकारी दिएका छन । यसअघि सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित निर्णायक रहेकाे नागरिक उन्मुक्ति विश्वासकाे मत दिन तयार नरहेपछि प्रदेशसभा बैठक नै अनिश्चित भएकाे थियाे।

SHIKHAR COOL TECH

रावलले मुख्यमन्त्रीकाे दाबी प्रस्तुत गर्दा एमालेसहित, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समर्थन गरेकाे थियाे। त्यसमा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्य रहेका थिए।

आफ्नाे माग पूरा नभएकाले विश्वासकाे मत नदिने भन्दै नागरिक उन्मुक्ति पछि हटेपछि मुख्यमन्त्रीले विश्वासकाे मत लिन सकेका थिएनन्। तर आइतबार रेशम चाैधरीकाे मुद्दाकाे सुनुवाइका क्रममा सर्वाेच्च अदालतकाे सकारात्मक निर्णय आएकाले नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धन प्रति सकारात्मक देखिएकाे छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार