समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं १ को अन्तरक्रिया कार्यक्रम

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल सम्वद्ध समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं १ को अन्तरक्रिया तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । श्रमिकहरुका समस्याहरु र समाधानका उपायबारे बिराटनगरमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समिति सदस्य एवम् प्रदेश १ को स्वास्थ्यमन्त्री निर्मला लिम्बुले श्रमिकको अधिकारका लागि सदन र सरकारमा यथासक्य पहल गर्ने बताइन् ।

कार्यक्रमको विशिष्ट अतिथि रहेका अर्जुन लम्सालले देशब्यापी संगठन बिस्तारमा जोड दिएको र मातहत समितिलाई थप सशक्त ढंगले अगाडि बढाउदै श्रमिकहरुलाई बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष सोनाम लामा, सचिव कुबेर तिमिल्सीना अतिथि रहेका थिए ।
महासंघले समाजवादी ट्रेड युनियन महासंघका संरक्षक जोगीलाल यादव लगायत महासंघ र पार्टीलाई सहयोग पुर्याउने महानुभावहरुलाई प्रमाणपत्र दिएर सम्मान गरेको थियो । अन्तरक्रिया पश्चात महासंघले बनभोज कार्यक्रमको आयोजना गरेको थियो ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार