रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने, प्रधानमन्त्री प्रचण्डले मागे २ दिनको समय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ । बिहिबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक दुई दिनका लागि स्थगित गरिएको छ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिलेलाई स्थगित गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उच्च राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय भएको समेत प्रवक्ता ढकालले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार