रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, सरकारमा बस्ने नबस्ने निर्णय गर्ने

काठमाडौँ – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्दैछ। आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ।

अहिले जसरी चलिरहेको छ, आफुहरु त्यसरी चल्न नसक्ने ढकालले बताए । आजको बैठकमा महत्वपूर्ण निर्णय हुने पनि उनको भनाइ छ । महामन्त्री ढकालले पार्टीको राजनीति जसरी चलिरहेको छ त्यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको बताए। केहीबेरअघि रास्वपा सभापति लामिछाने आफू अब मौन नबस्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्।

अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन्। अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर उनको चक्रव्युहभित्र उनको हत्या भएको थियो। तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन्।

उनले लखेका छन्- अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार