कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

काठमाडौँ – कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ । कांग्रेस उम्मेदवारी दिने नदिने बैठकले टुंगो लगाउनेछ । उपाध्यक्षका लागि माओवादीभित्र उर्मिला अर्याल र गंगा बेल्बासेको नाम चर्चामा छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार