कैलालीमा वृद्धभत्ताको पैसा नदिएको भन्दै छोराले गरे आमाको हत्या

कैलाली – कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्। मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका कैलाली जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

Seti Hospital

प्रहरीका अनुसार श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए। प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। श्रीराम यसअघि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार