सुमन सायमीले भने – बालेन पहिलेका शासक भन्दा पनि निरंकुश

काठमाडौं – सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आरोप लगाएका छन् ।

महानगरपालिकाले संविधान र कानुन विपरीत डोजर चलाइरहेको भन्दै आइतबार महानगरबासीको ठूलो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनपछि सम्बोधन गर्दै सायमीले मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको बताए ।

Dengue

‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन् । पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौं’ उनले भने, ‘अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ । डोजर लिएर आएको छ । आक्रमण गरेको छ, लुट्दै बसेको छ । यो लुटतन्त्र हामी सहदनौं ।’

मेयर बालेन साहलाई सच्चिन आग्र गर्दै उनले नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको बताए । सायमीले भने, ‘यदि उहाँ सच्चिनुभएन भने सच्याउने अधिकार हामीसँग छ । जनताले त्यहाँ पु¥याएको भन्ने महसुस गर्नुपर्‍यो । जनचाहना विपरीत गएपछि त्यहाँबाट ओराल्ने अधिकार जनतासँग छ ।’

महानगरबासीको करबाट महानगर चलिरहेको भन्दै उनले दुख दिने हो भने कर पनि नतिर्ने चेतावनी दिए । यो देशमा गरिब पनि छन् भन्ने महसुस गर्न आग्रह गर्दै सायमीले डोजर आतंक भन्दा गर्न मेयर बालेनलाई आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार