चितवन २ मा उपनिर्वाचन कहिले ?

काठमाडौं – सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ ।

यो क्षेत्रमा अब उपनिर्वाचन हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपनिर्वाचनको प्रक्रिया सुरू गर्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन ।

Dengue

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका थिए । उनले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए । चितवन–२ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि चर्चा सुरू हुन थालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार