कैलालीको गौरीगंगा ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र बासुदेबमा आँखा शिबिर सम्पन्न

प्रेम जाेशी, कैलाली – कैलालीको गौरीगंगा ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र बासुदेबमा आँखा शिबिर सम्पन्न भएकाे छ । शिबिरमा धगगढी नेत्रालय प्रा.लि. का नेत्र सहायक शशी बुढा, केशब मास्कीको टोलीले आँखा जाँच गरेका थिए ।

कैलालीको गौरीगंगा नगरपालिका ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र बासुदेबमा आँखा शिबिर मंगलबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा. लि. को प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका कार्यालय चौमलाको आर्थिक सहयोगमा सो शिबिर संचालन भएको हो ।
शिबिरमा १ सय २७ जना पुरुष र २ सय २८ जना महिला गरि ३ सय ५५ जनाले आँखाको उपचार सेवा पाएका थिए। आँखामा मोतीबिन्दु समस्या भएका ५५ जना बिरामीलाई धनगढी नेत्रालय प्रा.लिमा अप्रेसनको लागि प्रेषण गरिएको छ । आँखा जाँच गरिएका ८९ जनालाई चस्मा र ३२० जनालाई निशुल्क औषधि बितरण गरिएको थियो ।

Seti Hospital

गौरीगंगा नगरपालिका उप प्रमुख भोज बहादुर बमले नगरबासीलाई अन्य स्वास्थ्य समस्या भएका बिरामीको लागि पनि स्वास्थ्य शिबिर संचाल गरि आगामी दिनमा सहयोग गर्ने कुरा बताए । वडा न.३ का वडा अध्यक्ष मनिराज जोशीले गाउँमै आँखा जाँचले स्थानीयबासीले राम्रो सेवा पाउने बताए । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा सभापति छ्त्र बहादुर बमले शिबिरमा निशुल्क आँखा जाँच ,औषधि,नजिक देखिने चस्मा बितरण तथा नेत्रालयमा निशुल्क अप्रेसन हुने बताए।

स्वास्थ्यकर्मी ,रेडकर्मी,स्वास्थ्यकर्मी,महिला स्वंयसेविका तथा समाजसेबी लगाएतको सहभागिता रहेको थियो । शिबिरमा धगगढी नेत्रालय प्रा.लि.का नेत्र सहायक शशी बुढा,केशब मास्कीको टोलीले आँखा जाँच गरेका थिए

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार