राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने, राष्ट्रिय सहमति हुनुपर्ने ओलीकाे दाबी

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्नु भएको छ।

अध्यक्ष ओलीले सत्तारुढ दलबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको समेत स्पष्ट पार्नुभयो। सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे प्रतिक्रिया दिनुभएन।

Seti Hospital

अध्यक्ष ओलीले भन्नुभयो, ‘‘एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा। नेकपा (एमाले)ले उम्मेदवार उठाउँछ। हाम्रो सहमति त्यही हो। यसमा राष्ट्रिय सहमति हुनुपर्छ। एमालेको राष्ट्रपतिको उम्मेदवारबारे पछि भनौला।’’

ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिँजडा देख्नु अशुभको संकेत भएको बताउनु भयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडा भित्र राख्न खोजेको टिप्पणी गर्नु भएको थियो। शर्माको सो अभिव्यक्तिलाई ओलीले अशुभको संकेतको रुपमा रहेको बताउनुभयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार