प्रभु साहले किन खोले पार्टी?

काठमाडौं – नेकपा एमाले छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्। काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यी केन्द्रीय तदर्थ समिति गठन गरेका छन्। तदर्थ समितिको बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ।

‘विश्वभरका आम जनता एक हौं’ भन्ने प्रगतिशिल विचारमा आधारित पार्टी गठन गरेका हुन्। स्वतन्त्र सांसदको रूपमा राजनीति वृत्तमा शक्तिशाली नभएपछि उनले शक्ति आर्जन गरेर सरकारमा जान ‘सौदाबाजी’ गर्न आम जनता पार्टी गठन गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

dashain shuvakamana
Discovery School

राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘कुनै पनि राजनीतिक दल संगठित स्वरुपमा भए विभिन्न शक्तिसँग सौदाबाजी गर्ने क्षमता बढ्छ। राजनीतिमा संगठित शक्तिले महत्व राख्छ। त्यसै कडिको रूपमा यसलाई लिन सकिन्छ।’ मंसिर ४ को चुनावमा एमाले छोड्दै साह समूहबाट केहीले प्रतिनिधिसभा र प्रदेश सभामा विजयी भएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार