नागरिक उन्मुक्ति पार्टीको दाबी : सुदूरपश्‍चिममा मुख्‍यमन्त्री

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्‍चिम प्रदेशमा मुख्‍यमन्त्रीको दाबी गरेको छ । अध्‍यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्‍चिम प्रदेश सरकारको नेतृत्व आफूहरुलाई चाहिने बताएकी छन् । ‘सुदूरपश्‍चिममा नागरिक उन्मुक्ति पार्टी सरकारको नेतृत्व गर्न तयार छ । हाम्रो माग मुख्‍यमन्त्री दाबी रहन्छ’ उनले भनिन् ।

सुदूरपश्चिम प्रदेशसभामा भने नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणका लागि निर्णायक छ । ५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सिट आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा एमालेको १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्ति पार्टीको ७ र एकीकृत समाजवादीको ४ सिट छ । एक जना स्वतन्त्र सांसद छन् ।

Dengue

सरकार निर्माणका लागि नेपाली कांग्रेस र एमाले जुन दलले प्रयास गरे पनि नागरिक उन्मुक्ति पार्टीको साथ लिनैपर्ने बाध्यता छ । सरकार निर्माणको साँचो आफ्नो हातमा रहेकाले नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा दावी गरेको हो ।

संघीय सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ । तर सरकारमा सहभागी हुन रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार