सुदूरपश्चिममा नागरिक उन्मुक्ति र समाजवादीको सहयोगमा बन्न सक्छ काँग्रेस नेतृत्वको सरकार

काठमाडौँ – काङ्ग्रेस संगको गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि देशको राजनीतिले अर्कै मोड लिएको छ । संघ प्रदेशमा बाम लोकतान्त्रिक गठबन्धको बहुमत पुगेको थियो । तर एका एक राजनीतिले नयाँ मोड लिएपछि नयाँ गठबन्धन निर्माण भएर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् । यहि समिकरण प्रदेशहरुमा पनि बन्ने निश्चित भएको छ ।

यदि यहि समिकरणमा सरकार निर्माण भएमा काँग्रेस सबै प्रदेशमा र संघमा प्रतिपक्षमा रहने छ । तर सुदूरपश्चिम प्रदेशमा भने फरक किसिमले सरकार बन्न सक्ने काँग्रेसका एक नेताले बताए । ती नेताका अनुसार नेपाली काँग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकिकृत समाजवादी मिलेर प्रदेशसरकार गठन हुन सक्ने छ । संघमा नागरिक उन्मुक्ति पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा भने नजाने भनेको छ । यस अवस्थामा नागरिक उन्मुक्ति र समाजवादी पार्टीको सहयोगमा काग्रेसले सरकार बनाउन सक्ने ती नेताको धारणा छ । यस्तो समिकरण बने काँग्रेसको नेतृत्वमा सुदूरपशिचम सरकार बन्ने छ । सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्छ । प्रदेशसभामा काँग्रेससँग १९, नागरिक उन्मुक्तिसँग ७ र समाजवादीसँग ४ सांसद छन् । यस्तै माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, राप्रपासँग १ र १ जना स्वतन्त्र सांसद छन् ।

Dengue

यता काङ्ग्रेस संगको गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि यहाँ प्रदेशको मुख्यमन्त्रीमा खगराजले बलियो दाबी प्रस्तुत गरेका छन्। उनले लेखराजलाई भेटेर नै आफूलाई मुख्यमन्त्रीमा सहयोग गर्न आग्रह गरेको बताइएको छ। केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण भएपछि प्रदेशको राजनीति पनि परिवर्तन भएको हाे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार