बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । छबिसपाथिभेरा गाउँपालिका र वडा कार्यालयको संयुक्त आयोजनामा यही पौष १४ र १५ गते दुई दिन मजखोरी आधारभूत स्वास्थ्य ईकाइमा शिविरको सञ्चालन हुने भएको हो । वडाध्यक्ष विजयबहादुर धामीका अनुसार शिविरमा डा. सुमन अधिकारी, डा. रामलालबहादुर धामी, डा. सुरेन्द्र रोक्का, डा. मनोज कार्कीले स्वास्थ्य परीक्षण गर्नेछन् । शिविरमा सबै किसिमका रोगको परामर्श, निःशुल्क भिडियो एक्सरे, निःशुल्क औषधि वितरण, क्षयरोगको खकार चेकजाँच, गर्भवती महिलाको गर्भ परीक्षण तथा भिडियो एक्सरे, एचआइभी, हेपाटाइटीस बी, मधुमेह परीक्षण, पाठेघर खसेका महिलाको चेकजाँचलगायत सेवा प्रदान गरिने वडाध्यक्ष धामीको हस्ताक्षरित सूचना उल्लेख गरिएको छ। उनले सबै वडावासीलाई सेवा लिन आउन पनि आग्रह गरेका छन् । ‘घर आँगनमै विशेषज्ञ डाक्टरहरूको टोली ल्याएर शिविर सञ्चालन गर्दैछौँ । वडाबासीको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिका र वडाले शिविरको आयोजना गरिरहेको हो । सबै वडाबासीलाई सेवा लिनका लागि आउन आग्रह गर्छु,’ वडाध्यक्ष धामीले भने ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार