बैतडीबाट निर्वाचित भएका एमालेका दामोदर भण्डारी मन्त्री बन्दै

काठमाडौं – नेकपा एमालेको तर्फबाट दामाेदर भण्डारी मन्त्री बन्ने भएका छन् । भण्डारी बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भण्डारीले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन ।  एमालेले ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने भएको छ ।  उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा सहभागि हुन लागेको हो । उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी पनि छ। जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुनेछन्।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार