प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दलहरूको बैठक बस्दै, भागवण्डाको विषयमा छलफल हुने

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेका दलहरूको बैठक बस्न लागेको हो। सोमबार बिहान ११ बजे नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक बस्ने एक नेताले बताए।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्ड प्रधानमन्त्री बनेपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो। नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ। सरकारमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारेमा सत्ता गठबन्धनमा छलफल हुन लागेको ती नेता बताउँछन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार