प्रधानमन्त्री बन्न प्रचण्डले जनतालाई धोका दिएको मोहनविक्रम दाबी

काठमाडौं  –  नेपाल कम्युनिस्ट पार्टी मसालले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुन नकपा एमालेसँग मिलेको भन्दै आपत्ति जनाएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रधानमन्त्री हुन पाँच दलीय गठबन्धन तोडेर सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य गरेको ठहर गरेका हुन् ।

उनले भनेका छन, ‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो कार्य जनतासित ठूलो धोका पनि हो । उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौं ।’ उनले प्रधानमन्त्री बन्न प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्त्वहरूसित पनि गठबन्धन गरेको आरोप लगाएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार