काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको स्रोतले बतायो ।
बैठकबारे प्रतिक्रिया दिँदै एमाले नेता विष्णु रिमालले सहमति सकारात्मकउन्मुख भएको बताए। ‘बालकोटमा बैठक जारी छ। सहमति सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने। आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीका शीर्ष नेताहरूको बैठक बसेको थियो।
प्रतिक्रिया दिनुहोस्