राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोटमा

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन्। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन बालकोट गएको बताए। लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन्। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। माओवादी महासचिव देव गुरूङ पनि बालकोटमा छन्। बालुवाटारमा आज भएको सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकिएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्केका थिए।

Dengue

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ। त्यसअघि नै छलफल गरी नयाँ सरकार गठन गर्ने विषयमा दलहरूले छलफल गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार