सरकार गठन प्रयोजनका लागि कांग्रेस सांसदहरूले गरे हस्ताक्षर

Call24News

काठमाडौँँ – नेपाली कांग्रेसले नयाँ सरकार गठनको लागि आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेको छ। प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर लिएको हो। राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी पेश गर्न पुस ३ मा दिएको एक साताको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ।

‘राष्ट्रपति कार्यालयमा पेश गर्न सांसदहरूको हस्ताक्षर लिइएको हो’, सभापति शेरबहादुर देउवानिकट एक सांसदले भने, ‘शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा सांसदहरूको हस्ताक्षर लिइएको हो। केही सांसदको हस्ताक्षर लिन बाँकी छ।’ आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सांसदहरूलाई बोलाएका छन्। कांग्रेसमा ८९ जना सांसद छन्। कांग्रेसले अहिलेकै गठबन्धनमा केही दलको समर्थन जुटाएर सरकार बनाउने तयारी गरिरहेको छ। को प्रधानमन्त्री बन्ने भन्नेमा गठबन्धनभित्र समझदारी हुन सकिरहेको छैन।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार