नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप बढ्यो

काठमाडौं – नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेसँगै नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप पनि बढेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यहि पुस १० गतेसम्मको समय दिएकाले सत्ता साझेदार ३ दलबीच छलफल सुरू भएको हाे । तर प्रधानमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दावी रहेकाले गठबन्धनमै समस्या आएको छ । बिहिबार साँझ कांग्रेस, माओवादी र नेकपा एसका नेताहरूबीच बालुवाटारमा भएको छलफलबिना निष्कर्ष टुङ्गिएको थियो ।

Dengue

बिहिबार प्रधानमन्त्री एवं नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । बैठकमा माओवादी अध्यक्ष दाहालले कांग्रेसले सरकार चलाइसकेकाले अब आफूले पालो पाउनु पर्ने अडान राखेका थिए। कांग्रेसले भने तेस्रो दलललाई कसरी प्रधानमन्त्री दिने भन्ने प्रश्न उठाएको कुरा नमिलेपछि आज शुक्रबार पुनः बस्ने गरी बिहिबारको बैठक टुंगिएको थियाे । ३ जना शीर्ष नेताबीच बिहीबार पनि छलफल हुने भएको छ ।

शुक्रबार प्याकेज डिल गरेर कुरा मिलाउने प्रयास हुने बुझिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार