राप्रपाको महामन्त्रीमा शरदराज पाठक

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा शरदराज पाठक मनोनयन भएका छन् । पाठक रवीन्द्र मिश्र पक्षबाट महामन्त्रीमा चयन भएका हुन् । केन्द्रीय तहमा ४० जना सहभागी हुने भएका छन् । चुनावका कारण मिश्र पक्षका नेताहरूलाई समाहित गर्न समय लागेको राप्रपाले जनाएको छ ।

यसअघि विवेकशील साझा पार्टीमा प्रवक्ता रहेका शरदराज पाठकलाई महामन्त्रीको जिम्मेवारी दिइएको हो । रवीन्द्र मिश्रले विवेकशील साझा छाडेपछि पाठकले पनि छाडेका थिए । काठमाडौं–१ मा प्रतिनिधिसभा उम्मेदवार रहेका मिश्रसँगै चुनावी प्रचारमा हिँडे पनि पाठकले राप्रपा प्रवेश गरेको औपचारिक जानकारी भने गराएका थिएनन् ।

राप्रपामा यसअघि धवलशमशेर जबरा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद प्रसाद महामन्त्रीको जिम्मेवारीमा छन् ।

यी हुन राप्रपामा जिम्मेवारी पाउने मिश्र पक्षका नेता

वरिष्ठ उपाध्यक्षः रवीन्द्र मिश्र

केन्द्रीय कार्य सम्पादन समितिः निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र।

महामन्त्रीः शरदराज पाठक

सहमहामन्त्रीः उज्वलकृष्ण श्रेष्ठ, अमृत पुडासैनी

सहायक महामन्त्रीः हरिकृष्ण अधिकारी, सौरेन्द्रबहादुर शाह

केन्द्रीय सदस्यः अर्जुन प्रसाद खनाल, हरिप्रसाद गौतम, उद्दव प्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीप प्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु बस्याल।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार