काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकारमा मन्त्री नबन्ने बताएका छन्। कांग्रेस संसदीय दलको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बोल्दै आफूहरू मन्त्री बन्ने कुरामा नरहेको स्पष्ट पारे।
उहाँहरुले भने हामी पार्टी कार्यालयमा बसेर गर्ने काम गर्नेछाैँ।पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेको उनीहरूले बताए।
प्रतिक्रिया दिनुहोस्