संसदीय दलको नेतामा शेखर कोइराला पनि भीड्ने

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् ।

कांग्रेसको एउटा टिमबाट संसदीय दलको नेतामा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले बताए । लिम्बूले भने, अहिले जनतामा परिवर्तनको हुटहुटी जागेको छ, त्यो परिवर्तनको प्रतिनिधित्व डा. कोइरालाले गर्नुहुन्छ । चुनावको पुरै परिणाम नआउँदासम्म उहाँले नबोल्नु ठिकै हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार