आयोगले आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै, नयाँ सरकार गठन प्रक्रिया सुरु हुने

काठमाडौं – निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आज बुधबार घोषणा गर्ने भएको छ ।

आयोगले बुधबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो । निर्वाचनका सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकोमा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाउने र सूचीमा हेरफेर गर्ने काम समेत सकिएको छ । अन्तिम मत परिणाम सार्वजनिक गरेपछि आयोगले निर्वाचन सम्पन्न भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएकाे छ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार