सरकारले अध्यादेश फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउँने अनेरास्ववियु अध्यक्ष बरालको चेतावनी

काठमाडाैं – नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सरकारले ल्याएकाे अध्यादेश जनविराेधि रहेकाे भन्दै तत्काल फिर्ता गर्न माग गरेकाे छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले ल्याएकाे अध्यादेश जनविराेधि भएकाे भन्दै अध्यादेश फिर्ता नलिए अनेरास्ववियु जनविरोधी कामचलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिए ।

Dengue

‘अनेरास्ववियु जनविरोधी अध्यादेश तत्काल फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु जनविरोधी कामचलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिन चाहन्छ’ विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

नयाँ जनादेश आइसकेको अवस्थामा बदनियताका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेकाे विज्ञप्तिमा भनिएकाे छ ।

‘केही दिनभित्र नयाँ संसदको पहिलो बैठक बस्ने अवस्थामा काम चलाउ सरकारले अध्यादेश ल्याइनु स्वार्थर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी खेलको सुरुवात हो जसले खुल्लेआम नयाँ जनादेशको मर्म र नयाँ संसदको अधिकार मिच्ने प्रयास गरेको छ। ताजा जनादेश आएर नयाँ सरकार बन्ने अवस्था आइसकेको बेला देउवा सरकारले दीर्घकालीन असर पर्ने निणर्यले संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको धज्जी उडाएको छ’ विज्ञप्तिमा लेखिएकाे छ- ‘सरकारको कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । तसर्थ राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्ने गरी मन्त्रिपरिषद्को बैठकबाट गरिएको गैर संबैधानिक राजनीतिक निणर्यले कानूनसँग अन्तरविरोध राख्ने मुद्दालाई कानुन संशोधन गरी खारेज गर्ने उद्देश्यले ल्याईएको उक्त अध्यादेश सत्तारोहणको लागि बहुमत जुटाउन गरिएको लज्जास्पद निणर्य हो भन्ने अनेरास्ववियुको ठहर छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार