युवा उद्यमी तथा व्यवसायी सुदर्शन राज शर्माको “म र मेरा ३३ बर्ष” पाैष १४ गते सार्वजनिक हुने

काठमाडौँ – युवा उद्यमी तथा व्यवसायी सुदर्शन राज शर्माको “म र मेरा ३३ बर्ष” सार्वजनिक हुने भएको छ । पौष १४ गते राजधानीमा उक्त पुस्तक सार्वजनिक गरिने लेखक शर्माले बताए ।

विक्रम संवत २०४५ साल बैशाख १७ गते कास्कीको पोखरामा जन्मिएका व्यवयासी शर्माले राजधानी प्रवेश गर्दा सामाना गरेका समस्या चुनौती तथा युवाहरु सपना बोकेर आउदा कता कता ठेस लाग्ने रहेछ भनेर उक्त पुस्तकमा समावेश गरिएको छ ।

Dengue

आफ्नौ पढाई, जागिरे जीवन, जीवन्त उतारचढाव, प्रेम भाव, सुख, दुःख लगायतका विषयबस्तुले पुस्तकमा स्थान पाएको छ । युवा उद्यमी सुदर्शन राज शमाले जीवनमा गरेको संघर्ष, संघर्षमा साथ दिने व्यक्तित्व लगायतको कथाबस्तु पुस्तकमा समावेश गरेको छ । सफलता पाउन गर्नुपर्ने कार्यहरु, चुनौतीहरु लगायत मेहनतको बारेमा समेत पुस्तकमा उललेख गरिएको छ ।

शर्मा अहिले ३४ बर्षको हुनुभयो । साहरा ग्लोबल विजनेस ग्रुप प्रा.लि. का अध्यक्ष तथा जलविद्युत, पर्यटन र अस्पताल व्यवसायमा आवद्ध रहेको शर्मा उद्यमी÷व्यवसायी पुरस्कारबाट सम्मानित समेत भइसकेका छन् । एम. बि. ए अध्ययन सकेर ए सी सी ए अध्ययनरत शर्मा हाल काठमाडौँको बुढानिलकण्ठमा बसोबास गर्नुहुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार