समानुपातिकमा कुन दलले कति सिट पाए ? (तालिकासहित)

काठमाडौँ  – निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट सङ्ख्या सार्वजनिक गरेको छ ।

आयोगले आज बुधवार सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा एमालेले ३४ सिट पाएको छ । दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सिट पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले पाँच/पाँच सिट पाएका छन् । प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० सिट हुन्छ । यस्तै प्रदेश सभामा एमालेले सातै प्रदेशमा गरी ७० सिट जितेको छ । यस्तै कांग्रेसले ६४, माओवादीले २९, राप्रपाले १७ तथा एकीकृत समाजवादी, जसपा र जनमतले नाै/नाै सिट पाएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीले पाँच, लोकतान्त्रिक समाजवादीले तीन, नेपाल मजदुर किसान पार्टीले दुई तथा नेपाल सङ्घीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले एक/एक सिट पाएका छन् ।

Dengue

प्रदेश सभातर्फ सात वटै प्रदेशमा गरी समानुपातिकतर्फ दुई सय २० सिट हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार