प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकियो, कुन दलले कति मत पाए ?

काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ ।

चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार