दोलखा प्रदेश १ मा कांग्रेसका काफ्ले विजयी

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतान्तरसहित काफ्ले विजयी बनेका हुन् । विजयी काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठ १४ हजार ७५५ मत पाएका छन् ।

दोलखाको प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी भइसकेका छन् । प्रतिनिधिसभातर्फको भने मतगणना जारी छ । जहाँ माओवादी केन्द्रका गंगा कार्की अगाडि देखिएका छन् । उनका निकटतम् प्रतिस्पर्धीमा एमालेका बालकृष्ण शिवाकोटी छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार