प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने

विराटनगर – प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रदेशमा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । समानुपातिकको मत गणना अन्तिमतिर पुग्दा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनको सिट संख्या ४७ सांसद पुगेको देखिएको छ ।

प्रदेशसभामा सबभन्दा ठूलो दल बनेको नेकपा एमालेले प्रत्यक्षतर्फ २५ सिट जितेको छ । समानुपातिकतर्फ ६ लाख ६५ हजार ४६० मत पाएको एमालेले १५ सिट पाउने देखिन्छ । अब सरकार बनाउन एमालेलाई थप ७ सांसद चाहिन्छ । प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकतर्फ ४ सिट पाउने देखिन्छ । प्रत्यक्ष तर्फ सिट नजितेपनि जसपाले समानुपातिक मतका आधारमा एक सिट पाउने सम्भावना छ । अर्थात चुनावी गठबन्धन नटुटे प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्छ ।

Dengue

बहुमत जुट्ने अवस्था आएपछि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हिक्मतकुमार कार्कीले छलफल र भेटघाट तीव्र बनाएका छन् । एमालेबाट कार्की मुख्यमन्त्रीको एकल दाबेदार हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा– ५ को प्रदेशसभा २ बाट कार्कीले चुनाव जितेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार