मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्नु हुनेछ : चन्द्र भण्डारी

काठमाडौँ – कांग्रेस नेता एवं गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्ने समेत बताए । बहुदलीय व्यवस्था ल्याएको ३० वर्ष पुग्दा पनि जनताको जीवनस्तर जहाँको त्यहीँ रहेको भन्दै उनले परिवर्तन गर्नका लागि भ्रष्टाचार नै रोक्नुपर्ने उनको भनाई छ ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले मुलुकमा सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको भन्दै त्यसको नियन्त्रण हुन नसकेको आफ्नो पार्टी भित्रको युवा समूहको ठहर रहेको बताए । उमेरले भन्दा पनि विचारले युवा भएको नेतृत्व मुलुकले खोजेको बताउँदै भण्डारीले विचारमा उर्जा र युवा जोश भएको नेतृत्व आजको आवश्यकता भएको बताए । निर्वाचित जनप्रतिनिधिहरू पार्टीको रसिदमा झुन्डिएका कारण मुलुकले गति लिन नसकेको उनको भनाई छ । जनप्रतिनिधिहरूलाई सदस्यताको रसिदभन्दा माथि उठेर काम गर्न उनले आग्रह गरे । आफू चुनाव प्रचारमा हिँड्दा किसानहरू आत्महत्या गर्ने अवस्थाको डिप्रेशनमा गएको पाएको भन्दै भण्डारीले नेताहरू पदको दलाल जस्तो देखिएको आरोप लगाए । ‘सबैतिर माफियाको बोलवाला छ, कसरी हुन्छ विकास ?’ उनले प्रश्न गरे ।

Dengue

अहिलेको निर्वाचनमा पार्टीमा फरक मत राख्न सक्ने युवाहरू निर्वाचित भएको भन्दै भण्डारीले त्यही फरक मत राख्न सक्ने युवाको टिमले पार्टीलाई जोगाउँदै नयाँ योजना ल्याएर अघि बढ्ने दावी गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार